सिलगढी, फागुन- ८,
युराेपियन युनियनकाे आर्थिक सहयाेगमा सशक्त महिला समृद्ध नेपाल परियाेजना अन्तर्गत साथी संस्थाकाे प्रविधिक सहयाेगमा सुरक्षित अल्पकालीन जिल्ला महिला सेवा केन्द्र डाेटीले संचालित गरेकाे तीन महिने सिलाई कटाइ तालिम बिहीबार सम्पन्न भएकाे छ ।
२०८१ असाेज १५ गतेदेखि २०८१ पुस १५ सम्म संचालन गरिएकाे तालिममा ७ जना सहभागी रहेका थिए ।

तालिम समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सबै सहभागीलाई आग्रह गरे । आगामी दिनमा सिपलाई व्यवसायीक रूपमा लैजान प्रशिक्षार्थीहरूलाई सिंहले सुझाव दिए ।
कार्यक्रममा बाेल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिं खड्काले व्यवसायीकमूलक तालिमले जीवनमा ठुलाे परिवर्तन ल्याउने भएकाले सिपलाई व्यवसायीकरण गर्न सहभागीलाई आग्रह गरे । सेफ हाउस डाेटीलाई नगरपालिकाले सधै सहयाेग गरिराख्ने नगरप्रमुख खड्काले बताए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रका साथै एक/एक सिलाउने मेसिन, सिलाई सामग्री, लुगा कपडा समेत दिएकाे थियाे ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका डिएसपी, महिला शाखा प्रमुख, गैसस प्रतिनिधि लगाएत पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।









