गणेश बहादुर मौनी,
फागुन ५- डोटी,
जिल्ला प्रशासन कार्यालय डोटीले वडास्तरमा राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्यलाई तीव्रता दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्य गर्न जिल्लाको शिखर नगरपालिकाबाट सुरुवात गरेको अभियान, बोगटान फुड्सिल गाउँपालिका हुँदै आइतबार देखि बडीकेदार गाउँपालिकामा सञ्चालन गरेको छ ।

स्थानीय स्तरमा रहेका सेवा ग्राहीहरूलाई जिल्ला जान नपरोस् गाउँघरमै सुबिधा होस भन्ने हेतुले राष्ट्रिय परिचय पत्र वितरण तथा ज्येष्ठ नागरिकहरूको नयाँ दर्ता कार्यलाई वडा स्तरमा अभियानको रूपमा सञ्चालन गरेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए । यस अभियानलाई जिल्लाका अन्य स्थानीय तहका सबै वडाहरूमा सञ्चालन गरिने समेत प्रजिअ जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालयले पालिकासँगको सहकार्यमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र विवरण गर्दा सेवा ग्राहीलाई सहज भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । उनले भने राष्ट्रिय परिचय पत्र लिन स्वयं व्यक्ति उपस्थित हुनुपर्ने त्यसको लागि जिल्ला सदरमुकाम जानुपर्दा एक जनाको कम्तीमा १०/१५ हजार खर्च हुन्छ, ३/४ दिन लाग्छ यसरी गाउँघरमा आएर दिँदा सयौँ नागरिकलाई सहज भएको बताए ।

राष्ट्रिय परिचय पत्र बनेर जिल्ला प्रशासन कार्यालयमा आइपुगेका व्यक्तिहरूका परिचयपत्र घरदैलोमा गएर वितरण गर्नुका साथै परिचय पत्र बनाउन छुटेका ज्येष्ठ नागरिकहरूको नयाँ विवरण दर्ता कार्य गरिने जिल्ला प्रशासन कार्यालय डोटीका राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर विमल प्रसाद भट्टले बताए । राष्ट्रिय परिचय पत्र लिन सम्बन्धित व्यक्तिको कम्प्युटर बाट सफ्टवेयर मार्फत बायोमेष्ट्रीक भेरीफिकेशन गर्नुपर्ने भएकोले सम्बन्धित व्यक्ति नै अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नत्र उपलब्ध गराउन नसकिने समेत दर्ता अपरेटर भट्टले बताए ।

आइतबार देखि बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बाट सञ्चालन भएको नयाँ दर्ता तथा वितरण कार्य अभियान सोमबार वडा नम्बर ३ घाङ्गल, मङ्गलवार वडा नम्बर २ बर्छैन, बुधवार वडा नम्बर ४ मान्नाकापडी र बिहीबार वडा नम्बर ५ लानाकेदारेश्वरमा सञ्चालन हुने पालिकाले जनाएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई २०७७ साल साउन ३० देखी २०८० साल जेठ मसान्त सम्म दर्ता भएकाहरूको मात्र परिचयपत्र वितरण गरिने समेत पालिकाले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय