बन्दना बम,
डोटी, फागुन– ३,
डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । शिबिरमा ३६५ जनाले सेवा लिएका छन् ।

वडा कार्यालय र शैलेश्वरी अस्पताल दिपायलको संयुक्त सहकार्यमा कपल्लेकी स्वास्थ्य चौकीमा स्वास्थ्य शिबिर संचालन भएको हो ।

वडा कार्यालयले शैलेश्वरी अस्पतालसंग गरेको सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार कपल्लेकी स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टर सहितको टोलीले स्वास्थ्य शिबिर संचालन गर्ने अध्यक्ष दिपक बोगटीले जानकारी दिएका छन् ।

फागुनको पहिलो शनिबार भएको शिबिरमा वडा भित्रका ३६५ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा उल्लेख्यमात्रामा महिलाहरु रहेका अध्यक्ष बोगटीले बताए ।

शिबिरमा अधिकांश महिलाहरु पाठेघरको समस्या, पेट सम्बन्धिको समस्या भएका आएका थिए भने केही रुघाखोकी, नशा सम्बन्धिका बिमारीहरु आएका शैलेश्वरी अस्पतालका संचालक आईजंग कुँवरले बताए ।

आगामी दिनमा पनि शिबिरलाई निरन्तर अगाडि बढाउने र कस्ता किसिमका बिरामीहरु बढी मात्रामा देखिए सोही अनुसार बिशेषज्ञ डाक्टरहरु ल्याएर सेवा संचालन गरिने अध्यक्ष बोगटीले जानकारी दिए । उनले निरन्तर स्वास्थ्य शिबिर संचालनका लागि अन्य अस्पताल तथा अन्य निकायसंग समेत सहकार्यका लागि कुरा भइरहेको बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय