गणेश बहादुर मौनी
माघ २२ डोटी,
डोटीको दुर्गम पालिका बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ७ चवराचौतारामा नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् ट्रान्सफर्मरमा पुगे सँगै मङ्गलवार पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले ट्रान्सफर्मरमा स्विच अन गरेर विद्युतकाे उद्घाटन गरेका हुन् ।

विद्युत् उद्घाटन गर्दै पालिका अध्यक्ष गड्सिलाले पालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम तीव्र रूपमा भइरहेको बताए । विद्युत् विस्तारको काम प्राधिकरणबाटै भइरहेकाले कामलाई तीव्र बनाउनका लागि पालिकाले सहजीकरण र समन्वय गरिरहेको पनि अध्यक्ष गड्सिलाले बताए । उनले अबको केही दिनमै सिमचौर, सातफरी र धिर्कामाण्डौमा रहेको ट्रान्सफर्मरमा पनि बत्ती बालिने बताएका छन् । त्यसै गरी केदारअखडा र कानाचौरमा पनि बत्ती बाल्ने काम अगाडी बढ्ने बताए । ठेकेदार कम्पनीले तीव्र गतिमा काम गरेमा अर्को पुससम्म पालिकाभर विद्युत् विस्तार हुने अध्यक्षको भनाई छ ।

पालिका केन्द्रमा विद्युत् पुगेपछि बस्ती स्तरका सबै टोलहरूमा वायरिङ र मिटर जडानको कार्य सम्पन्न भएपश्चात् विद्युत् सप्लाइ गर्न सकिने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका उत्तम धामीले बताए । उद्घाटन कार्यक्रममा धामीको पनि उपस्थिति रहेको थियो ।

हाल बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ६ गगुडामा मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच रहेको छ । पालिका मुकाम रहेको वडा नम्बर ७ मा आज विद्युत् पहुँच पुगेको छ भने वडा नम्बर ४, ५ र ७ मा स्थानीय विद्युत् तथा वडा नम्बर २ को गराजुमा सो लार विद्युत् पहुँच छ भने अन्य ठाउँमा बिजुली पुगेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय