डाेटी, माघ- ६,
डाेटीकाे आदर्श गाउँपालिका–१ बाँझमा विवाह भोज खाएर दर्जनौँ मानिस बिरामी भएका छन्। नर बहादुर विककी छोरीको विवाहमा गत माघ ५ गते आयोजित भोजमा सुजीको हलुवा लगायतका परिकार खाएका व्यक्तिहरूमा ज्वरो आउने, वान्ता हुने र पखालाको समस्या देखिएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रमुख एसपी बिनाेद शर्माले जानकारी दिए ।

उनका अनुसार सुरुमा ३ जनामा स्वास्थ्य समस्या देखिए पनि माघ ६ गतेसम्म दुलही पक्षका करिब ५६/५७ जनाको स्वास्थ्यमा एउटै समस्या देखा परेको छ। बिरामी परेका व्यक्तिहरूको स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको छ भने रगतको नमुना डोटी जिल्ला अस्पतालमा परीक्षणका लागि पठाइएको छ।

हालसम्म बिरामी सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

उक्त घटनाको कारण विवाह भोजमा खाइएका परिकारमा खाद्य विषाक्तताको सम्भावना रहेको अनुमान गरिएको छ। स्वास्थ्य कार्यालय डाेटीले समेत घटनाको विस्तृत अध्ययन गरिरहेको कार्यालय प्रमुख रमेश मलासीले बताए । उनले आज दिउँसाेसम्म ३० जना स्वास्थ्य चाैकी उपचारका लागि आईसकेकाे र वाँकी मानिसहरूकाे खाेजीका लागि टाेली खटाईएकाे बताए । ल्याव परिक्षणपछि मात्र घटनावारे बिस्तृत बताउन सकिने मलासीकाे भनाई थियाे ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय