गणेश बहादुर मौनी,
पुस ४ डोटी,
डोटीका तिन पालिकामा एक्सीस परियोजना लागु हुने भएको छ ।

पिपुल ईन नीड नेपाल, नेपाल राष्ट्रिय अपाङ्ग महिला सङ्घ, अकाउन्ट्बिलिटी ल्याब नेपालको संयुक्त साझेदारीमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र सामुदायिक विकास केन्द्र डोटीले डोटीका तिन पालिका बोगटान फुड्सिल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा एक्सीस परियोजना लागु गर्न गइरहेको जिल्ला अधिकृत लक्ष्मी देउवा बमले बताइन् ।

सीमान्तकृत बालबालिकाहरूको शिक्षामा पहुँच प्रवर्द्धन गर्न नागरिक समाजको भूमिका सुदृढीकरण गर्नु मुख्य लक्ष्य रहेको परियोजनाले शुक्रवार जिल्ला समन्वय समिति डोटीको सभा हलमा परियोजना अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जिल्लाका ग्रामीण क्षेत्रहरूमा अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रमा बढी लगानी गर्नु आवश्यक रहेको बताए । उनले भने आम नागरिकहरूमा चेतनाको विकास हुन आवश्यक रहेको छ त्यसको लागि शिक्षामा जोड दिनुपर्छ । डोटी जिल्लामा लागु हुन गइरहेको परियोजनाले शैक्षिक क्षेत्रमा सुधार ल्याउन कोशेढुंगा साबित हुनुपर्ने त्यसको लागि सबै क्षेत्रको सहयोग रहने समेत प्रमुख सिंहले बताए ।

शैक्षिक क्षेत्रको विकासका लागि डोटी जिल्लामा परियोजना अति आवश्यक रहेकोले डोटीका तिन पालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रमका सभाध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियानका डोटी जिल्ला संयोजक तीर्थराज पन्तले बताए । उनले परियोजनालाई सफल पार्न सबै निकाएको साथ सहयोग आवश्यक रहको समेत बताए ।

डोटीमा परियोजना मे २०२४ देखि अक्टोबर २०२७ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । परियोजना अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सरोकारवाला निकाय, गैससका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय