काठमाण्डौं/नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो ।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन् ।

जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए । उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए।
दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए।

१२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए। उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन्। त्यतिबेला ६६ रनमा खेलिरहेका थिए।  उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए। उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए।

जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए। हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४-१४ रन बनाए। स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य कोहीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३र३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए। जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो ।

यससंगै नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएकाे छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो।

च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदान गरेका थिए।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय