डाेटी, मंसिर १६,
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा १५९३ मतदातामध्य ८३९ मत खसेको मुख्य निर्वाचन अधिकृत रुद्रमणी गिरीले जानकारी दिएका छन् ।
तीनवटा मतदान केन्द्र मध्य शारदा आधारभूत विद्यालय मतदान केन्द्रमा १०१, शिशु सुधार माध्यामिक विद्यालय (क) मा ३३७ र शिशु सुधार माध्यामिक विद्यालय (ख) मा ३६१ मत गरी जम्मा: ८३९ मत खसेको हाे । जुन कुल मतदाता संख्याको करिब ५२.७ प्रतिसत हो ।


निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे बताइएकाे छ । अहिले निर्वाचन स्थलबाट मतपेटिका गाउँपालिकाेकाे केन्द्रमा लैजाने कार्य भइरहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले बताएकाे छ ।
आजनै सर्वदलीय बैठक बसेर मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।
वडाध्यक्षको उपनिर्वाचनका लागि कांग्रेसबाट मोहन थापा, एमालेका देव थापा, माओवादी केन्द्रका देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवर बीच प्रतिस्पर्धा हुँदैछ ।









