डाेटी, मंसिर- १,
डाेटीमा बाेलेराे जीपले माेटरसाईकललाई ठक्कर दिंदा एकजनाकाे मृत्यु भएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
शनिबार बेलुकी करिब ६ बजेतिर भिमदत्त रावमार्ग अन्तर्गत शिखर नगरपालिका वडा नम्बर ८ खुनकाे माेडमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर खुल्न नआएको सेतो रंगको बोलेरो जीपले सोही दिशा तर्फ गईरहेको सु.प.प्र. ०३ ००१ प ०६६८ नम्बरको माेटरसाईकललाई ठक्कर दिंदा माेटरसाईकलकाे पछाडि सवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर १, सिर्खाेली बस्ने बर्ष ३२ का लाेकेन्द्र साउँदकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

टाउकाे र निधारमा गम्भीर चाेट लागेका साउँदलाई उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा लगिएकाे थियाे तर अस्पतालका डाक्टरले उनलाई मृत घाेषणाा गरेका थिए ।
जीपकाे ठक्करबाट साेहि ठाउँका माेटरसाईकल चालक बर्ष २७ का प्रकेश बि.क. गम्भीर घाइते भएका छन् । उनकाे बायाँ हात र शरिरका अन्य भागमा चाेट लागेकाे छ । बि.क.लाई थप उपचारका लागि धनगढी रिफर गरिएकाे अस्पताल स्रोतले जनाएकाे छ ।
ठक्कर दिने जीपकाे खाजीकार्य भइरहेको प्रहरीले जनाएकाे छ ।









