डाेटी, भदाै- २८,
डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ४ मा एक बालिकालाई खोलाले बगाएको छ । स्थानीय गन्ने खोलाले वायल बजारमा दूध पुर्याउन जानेक्रममा ८ बर्षिया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले बताए । कार्की गाउँ बस्ने महामतीकी छोरी निर्मलाकाे स्थानीय र प्रहरीद्धारा खोजी कार्य जारी छ । बाेगटान फुडसिल गगुडा घर भई कार्किगाउँ स्थित मामाघरमा चन्द बस्दै आएकी थिईन ।

साेही खाेलामा परेर अर्कि एक महिला पसल खाेल्न वायल आउने क्रममा घाईते भएकाे स्थानीय वसन्त विकले बताएका छन् । उनकाे दुर्गामाण्डाै स्वास्थ्य चाैकीमा उपचार भईरहेकाे छ ।

अविरल बर्षाका कारण पहिरोमा च्यापिएर २ जना घाइते, दर्जनौं चाैपायकाे मृत्यु

त्यसैगरी बुधबार रातिदेखिकाे लगातारकाे बर्षाले डोटीको बडीकेदार गाउँपालिका वडा नं. ४ टिमुटेमा पहिरोले घरभित्र च्यापिएर दुइ जना घाइते भएका छन् । ४५ बर्षिय तुलाराम जेठारा र उनकी ४० बर्षिया भागरथी जेठारा घाइते भएको डिएसपी भट्टराईले जानकारी दिए । तुलाराम सामान्य घाइते भएपनि भागरथी भने गभ्मिर रहेकी छन् । दुवै जना श्रीमान श्रीमती हुन् । घरमाथि पहिरो खस्दा गएराती उनीहरु घाइते भएका हुन् ।

उनीहरुको बाख्रा खोरमा समेत पहिरो खस्दा दर्जनौ बाख्रा च्यापिएर मृत्यू भएको प्रहरी जनाएको छ । ४ वटा गाइगोरु समेत पहिरोमा पुरिएर मरेका छन् । व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका जेठारा दम्पतीको घर र खोरमा भएकाे क्षती विवरण संलकन कार्य भइरहेको डिएसपी भट्टराइले बताए ।

त्यस्तै के.आई.सिंह गाउँपालिका वडा नं ६ भाटीगाउँमा पनि पहिरोले पुरिएर तारा भाटका दुई वटा बाख्रा मरेका छन् । घरबाहिर निस्केर मध्यराती आफुले ज्यान बचाउन सफल भएपनि गोठ र घरमा पुर्ण क्षती भएको भाटले बताएका छन् ।

दिपायल सिलगढी न.पा. वडा नं. ०८ गोदडा बस्ने बर्ष ७० को सागर साउँदको गोठ माथीबाट आएको पहिरोले गोठ भित्र रहेको एक भैंसी च्यापिएर मृत्यु भएको र भैंसिको पाडा १ र एउटा गाईको सकुसल उद्धार गरिएकाे ।

अविरल बर्षाका कारण अझै ठुलाे क्षति हुनसक्ने अनुमान गर्न सकिन्छ भने लगातारकाे पानीले पाक्न लागेका धानबालीमा समेत क्षति पुगिरहेकाे किसानहरूकाे गुनासाे छ ।

बर्षाले ग्रामीण भेगमा जाने अधिकांश सडकहरू अवरुद्घ भएका छन् । लगातारकाे बर्षाले ठाउँठाउँमा पहिराे गएका छन् । त्यस्तै जोरायल गा. पा. वडा नं. १ स्थित भिम दत्त राजमार्गको घोरडी देखी गोगनपानी सम्म ४ वटा स्थानमा पहिरो आई रामागर्ग अवरुद्व रहेकाे र प्रहरी चौकी घण्टेश्वरबाट खटिएको द्वारा अवरुद्ध राजमार्ग खुलाउने कार्य भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

त्यस्तैगरी जिल्ला सदरमुकाम सिलगढी लगायत आसपासमा बिद्धुत समेत अवरुद्ध भएकाे छ । लगातारकाे बर्षाका कारण बिद्धुत पाेल ढल्दा बिद्धुत अवरुद्ध भएकाे बिद्धुत वितरण केन्द्रले जनाएकाे छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय