भदौ- २४,
सिलगढी/डोटीको दिपायलमा अत्याधुनिक नयाँ बसपार्क बन्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले निर्माण गर्न लागेको बसपार्क करिब ३१ करोड लागतमा बन्ने भएको हो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ सेती नदि किनारमा बन्न लागेको बसपार्क निर्माणका लागि जग्गा खरिद कार्य सम्पन्न भइसकेको र अन्य आवश्यक काम अगाडि बढीरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिकाले नयाँ बसपार्क निर्माणका लागि सोमबार आयोजना गरेको सबैपक्षिय छलफल कार्यक्रममा जानकारी दिंदै सुचिकारले बसपार्कको डिपीआर समेत स्वीकृत भइसकेको जानकारी दिए । कार्यक्रममा बसपार्कको सम्पूर्ण प्राबिधिक कुराहरुका बिषयमा नगरपालिकाका सबईन्जिनियर सोरुप सिंहले जानकारी दिए ।

करिब ३२ रोपनी जग्गामा निर्माण हुने बसपार्कको लागि निर्माण रकम नगरपालिकाले नगर विकास कोषसंग ऋण लिने भएको छ । नगर विकास कोषसंग ऋण लिने निर्णय समेत भइसकेको बताइएको छ ।

नगर विकास कोषसंग ऋण लिंदा जम्मा लागतको १५ प्रतिसत अनुदान स्वरुप प्राप्त गर्ने, ३० प्रतिसत नगरपालिका स्वयंले व्यहोर्नुपर्ने र ५५ प्रतिसत मात्रै फिर्ता गर्नुपर्ने गरि ऋण प्राप्त हुने नगरप्रमुख बाजी सिंह खड्काले जानकारी दिए ।

नगरपालिकाको गौरभको योजना रहेकाले बसपार्क निर्माण योजना सफल पार्न सबै पक्षबाट सहयोग हुनुपर्ने नगरप्रमुख खड्काले बताए । बसपार्क नगर क्षेत्रमा भएपनि जिल्लाकोनै आवश्यकताको योजना रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले नगरको मात्र नभइ जिल्लाकोनै महत्वको योजना रहेकाले बसपार्क निर्माणमा सबैले चासोर र चिन्ता दिनुपर्ने र समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय