भदौ २२,
डोटीमा पहिरोमा खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ भने उनकी नातीनी घाइते भएकी छन ।
पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका वडा नं ३ आगर बस्ने मान बहादुर ऐरको ६१ बर्षिय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको छ भने उनकी १४ वर्षिय नातीनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतक कौमती देवी नातिनी सहित आफ्नो घरबाट माइतीघर आदर्श गाउँपालिका ६ सबखोला जाँदै थिइन् । घटना शनिबार दिउँसो करिब १२ बजेतिर भएको हो ।









