डोटी, साउन २१,

सिलगढी/सुदूरपश्चिम प्रदेशमै सबै भन्दा लामो अबधिको तिर्थ यात्रा मानिने बडिमालिका तिर्थ यात्रा सोमबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ । बाजुरा जिल्लामा अबस्थित बडिमालिका भगवतीको पुजाआजा गर्नका लागी डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि सरकारी टोलीलाई विदाई गरिएको छ ।

बाजुरा जिल्लामा रहेको बडिमालिकामा श्रावण शुक्ल पूर्णिमाका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पुजा सामग्रीका साथ ‘पेटारो’ पठाउने गरिन्छ । सरकारी कर्मचारीहरुको एक टोलिले नै उक्त पेटारो लैजाने गर्दछन । बर्षौदेखि सो चलन चलिआएको छ । नेपाल एकिकरण पूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पुजा पठाउने चलन रहेको भए पनि पछिल्ला सयम नेपालमा राज्य संचालन गर्ने शाह बंशिय राजा, राणाकालिन अबस्थाका बढा हाकिम तथा हालका सरकारहरुले समेत पुजा सामग्री पठाउने चलन रहेको छ ।

‘जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पुजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई विदाई गरिन्छ’, शैलेश्वरी मन्दिरका मुलपुजारी प्रेम शंकर भट्टले भने, ‘ठाउँ–ठाउँमा बास बसी १५ दिन पछि पेटारो बडिमालिका पुग्ने गर्दछ ।’ भगवतीका सात बहिनी मध्येमा कान्छी बहिनी मानिने बडिमालिका भगवतीको रथयात्रालाई जिल्ला प्रशासनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टुकडीले सलामी सहित टोलीलाई विदाई गर्ने चलन रहेको छ ।

सरकारी टोलीलाई गन्तव्य सम्म पुग्नका लागी अछाम, बाजुरा जिल्लाको सुरक्षा समिति संग कुरा भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाईएको प्रशासन कार्यालयले जनाएको छ । सरकारी टोली भाद्र ३ गते मालिकामा सम्पन्न हुने विशेष पुजामा सरिक हुनेछ । धार्मिक तथा प्राकृतिक महत्वको पर्यटकिय क्षेत्र बडिमालिकालाई ठुलो शक्तिपीठका रुपमा हेर्ने गरिन्छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय