साउन ३, सिलगढी
सिलगढीमा शैलेश्वरी फेब्रिक व्याग उद्योग संचालन मा आएको छ । ‘सिप सिकौं, स्वरोजगार बनौं, समृद्ध नेपालको विकास गरौं’ भन्ने मूलमन्त्रका साथ बिहीबार उद्योग संचालनमा आएको हो ।

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा शैलेश्वरी महिला लघु उद्यमी समुहले उद्योगको संचालन गरेको हो । शैलेश्वरी फेब्रिक व्याग उद्योगको मुख्य उद्देश्य दिपायल सिलगढी नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर बनाउने रहेको छ ।

उद्योगको उद्घाटन गर्दै नगरप्रमुख बाजी सिंह खड्काले नगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाउने उद्देश्यले उद्योगको संचालन गरिएको बताए । ‘स्वच्छ, सफा नगर बनाउने हाम्रो उद्देश्य रहेको छ’, नगरप्रमुख खड्काले भने, ‘प्लास्टिकका कारण नगर दुर्गन्धित भएको छ, प्लास्टिक स्वास्थ्यका लागि पनि हानिकारक हुनाले हामीले प्लास्टिकमुक्त नगर बनाउनै पर्छ ।’

उद्योगबाट उत्पादन भएका झोलाहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने उनलले बताए । एक लाखको संख्यामा झोला उत्पादन भए नगरभित्रका बजारमा प्लास्टिक झोला पूर्णरुपमा बन्द गरिने उनले ताए ।

कार्यक्रममा बोल्दै सिलगढी बजारलाई ऐतिहासिक शहर बनाउने उद्देश्यले सांस्कृतिक शहरको अवधारण ल्याएकाले यसमा सबैले सहयोग गर्नुपर्ने र दिपायल स्थित बासुधारा हुँदै सिलगढी, बगलेकको बाराहीदेवी धार्मिक स्थल हुँदै गोलेदेउलासम्मको धार्मिक सांस्कृतिक मार्गका लागि काम अगाडि बढाइने उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै महिला समुहकी अध्यक्ष ममता गुरुङ्गले सहयोगको लागि नगरपालिकालाई धन्यवाद दिंदै निरन्तर उद्योग संचालनका लागि सबैको सहयोग आवश्यक रहने र यसले महिलाहरुको आर्थिक अवस्थामा समेत सुधार आउने बताइन ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय