असार २०,
सिलगढी/डाेटी जिल्ला खेलकुद समितिलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएकाे छ । बिहीबार एक कार्यक्रमका बिच मानवीय सेवामा अनेकौं प्रयास (साइन) नेपाल, कैलालीका अध्यक्ष भक्तराज जाेशीले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गर्दै जाेशीले संस्थाकाे आन्तरिक काेषबाट सहयाेग गरिएकाे र डाेटीकाे खेलकुदलाई थप बलियाे बनाउन आगामी दिनमा समेत विभिन्न सहयाेग हुने बताए ।

कार्यालयका लागि कम्प्युटर, प्रिन्टर सहयाेग गरेकाेमा धन्यवाद दिंदै खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले खेलकुदकाे विकासका लागि सबैकाे सहयाेग आवश्यक रहेकाले साइन नेपालसंग थप सहयाेगकाे लागि आग्रह गरेका छन् ।









