गणेश मौनी,
डोटीको बडीकेदार गाउँपालिकाले सामुदायिक मेलमिलाप सम्बन्धि तीन दिने पुनर्ताजगी तालिम संचालन गरेको छ ।

गाउँपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको तालिमको एक कार्यक्रमका बिच न्यायिक समिति संयोजक एवं बडीकेदार गाउँपालिकाकी कार्यवाहक अध्यक्ष डम्मरी विष्ट कलेलले उद्घाटन गरेकी छन् ।

कार्यक्रमको उद्घाटन गर्दै न्यायिक समिति संयोजक विष्ट कलेलले पुनर्ताजगी तालिमले टोल तथा वडा स्तरमा हुने गरेका विवादहरू निरूपण गर्न मेलमिलापकर्ताहरूलाई सहजता हुने बताइन् । तालिमका सहभागीहरूले तालिम अवधिभर ध्यान पूर्वक सिक्न आवश्यक रहेको समेत उनले बताइन् ।

न्यायिक क्षेत्रको ज्ञान आम नागरिकहरूका लागि अति आवश्यक भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहभागीहरूले आफूले नजानेका कुराहरूलाई तालिम अवधिमा पूर्ण रूपमा छलफल गरी नयाँ विषय बस्तुको बारेमा जानकारी लिन आवश्यक रहेको समेत बताए ।

तालिममा न्यायिक समितिको काम कर्तत्व, अधिकार, मेलमिलापकर्ताहरूको जिम्मेवारी, गाउँ टोलमा आउने विवादहरूलाई सहज रूपमा निरूपण गर्न अपनाइने विधि लगायतका विभिन्न विषय बस्तुको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

बडीकेदार गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको तालिममा गाउँपालिका अन्तर्गत सबै वडाका मेलमिलापकर्ताहरू, न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो । तालिमको सहजिकरण अधिवक्ता गणेश कडायत र रोहित देउवाले गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय