खगेन्द्र सिंह,
डोटी/के.आई.सिंह गाउँपालिकाको आयोजनामा एक दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर गरिएको छ । वडा नम्बर ६ स्थित मुमिराजमाण्डौं माविमा शनिबार संचालन भएको शिविरमा उल्लेख्य मात्रामा सेवाग्राहीले सेवा लिएका छन् ।

मेडिकल जनरलिष्ट (एमडिजीपि, एमडिइएम), हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, जनरल सर्जन डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको शिविरमा जम्मा ७०८ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नविन माँझिले जानकारी दिए । जसमा महिला पाँच सय ६३ र पुरुष एक सय ४५ जना रहेका छन् ।

शिविरमा ३०८ जनाले हाडजोर्नी तथा नसारोग सम्बन्धिको सेवा लिएका छन् ।, २१३ जनाले प्रजनन् तथा स्त्री रोग सम्बन्धि सेवा, ५३ जनाले बालरोग सम्बन्धि सेवा, ४६ जनाले पेट रोग सम्बन्धि सेवा, ३८ जनाले नाक, कान, घाँटी सम्बन्धि सेवा लिएका छन् ।

त्यसैगरी ५० जनाले सामान्य चेकजाँच गराएका छन् भने ६० जनाले भिडियो एक्सरे सेवा लिएका छन् । विशिरमा ७१ जनाले मधुमेह जाँच गराएका छन् ।

शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जनताको घरदैलोमै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले यो कार्यत्र।मको आयोजना गरेको बताए । गरिब तथा बिपन्न व्यक्तिहरुले स्वास्थ्य जाँच गर्न जिल्ला सदरमुकाम वा जिल्ला बाहिर जाँदा आर्थिक भार हुने भएकाले, यसबाट बच्न पनि यो विशिरले सहयोग गर्ने अध्यक्षले बताए ।

जनतासंग विशेषज्ञ डाक्टर कार्यक्रम अन्तर्गत संचालन भएको शिविरमा हाडजोर्नी तथा नसारोग सम्बन्धि सेवा, प्रजनन् तथा स्त्री रोग सम्बन्धि सेवा, बालरोग सम्बन्धि सेवा, मुटु, पेट, छाती, स्वासप्रश्वासन सम्बन्धि सेवा, नाक, कान, घाँटी सम्बन्धि सेवा, फिजिसियन तथा परामर्श सेवा, निस्शुल्क औषाधी सेवा, सुगर, मधुमेह जाँच सेवा, भिडियो एक्सरे सेवा, हाइड्रोसिल, हर्निया, पाइल्स सम्बन्धि परिक्षण, मृगौला, कलेजो, आन्द्रा सम्बन्धि सेवा, शरीरमा आउने गाँठागुठी तथा छालारोग सम्बन्धि सेवा संचालन भएका थिए ।

निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा डडेल्धुरा अस्पतालबाट डाक्टर कम्लेश यादवको नेतृत्वको टिमले सेवा दिएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय