डोटी, चैत २३/दिपायलमा किशोरीहरूका लागि ३ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
शनिवार आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ  डोटी शाखाको आयोजनामा  तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले तिन दिनको तालिममा दृढ इच्छा शक्तिका साथ सिक्न सहभागीलाई अनुरोध गरिन् । विगतमा पत्रकारिताको क्षेत्रमा काम गर्दै आज आएर जनप्रतिनिधि भएर जनताको सेवा गर्दै आएको बताउँदै पत्रकारिता क्षेत्रमा महिलाहरूको सङ्ख्या कम रहेका वेला तालिमले पत्रकारितामा किशोरीहरूको सङ्ख्यामा वृद्धि गर्ने उनले विश्वास व्यक्त गरिन् ।
अहिले पनि गाउँका आम दिदिवहिनिहरुका आवाज बाहिर आउन नसकेकाले यस तालिम पछि सहभागीले गाउँमा लुकेका तथा पिडामा परेकाहरूको आवाज आउनेमा आफू आशावादी रहेको उनले बताइन् । आगामी दिनमा यस्ता प्रकारका तालिमलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश सदस्य द्वय राम दुलारी राना, वन्दना बमले पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताइन् ।
जिल्लामा महिला पत्रकारहरूको सङ्ख्या कम भएकाले पत्रकारीताका तालिमले पत्रकार महिलाहरूको सङ्ख्यामा बढ्ने पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले बताए । पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा विगत देखि निरन्तर काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताए ।
तालिममा आदर्श गाउँपालिका र बोगटान गाउँपालिका गरी जम्मा २४ जनाको सहभागिता रहेको छ । तालिम २६ गतेसम्म सञ्चालन हुने भएको छ । तालिमको प्रशिक्षकका रूपमा पत्रकार रामहरि ओझा रहनु भएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय