वायल, चैत २३
के.आई.सिंह गाउँपालिकामा मेलमिलापकर्ता, पदाधिकारी र कर्मचारीहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।
मेलमिलाप सम्बन्धि पहिले पनि तालिम लिएका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका न्यायिक समितिका कर्मचारी तोयनाथ भट्टले जानकारी दिनु भएको छ ।

गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि संचालन भएको तालिममा प्रत्येक वडाबाट ५/५ जना गरी जम्मा ३५ जना सहभागी रहेका छन् । तालिममा साधना देउवा र बिरेन्द्र साउँद प्रशिक्षक रहनु भएको छ ।









