चैत २२,
बैतडीमा बिहीबार राति ११ बजेतिर पाटन नगरपालिका– ८ झौलेक मोडमा से २ त ३६७८ नम्बरको टयाक्टर दुर्घटना भएको थियो । दुर्घटना राति भएकाले बिहान मात्रै जानकारीमा आएको थियो ।

सोही जानकारी आएपछि पाटनको खोड्पेमा बसेर पत्रकारिता गरिरहेका कृष्ण विष्टले समाचार तयार पारे । उनले आफू कार्यरत अन्नपूर्ण पोष्ट लगायत विभिन्न मिडियामा उक्त समाचार पठाए । त्यस्तै खोड्पेमै आफू कार्यरत रेडियो सेभेन स्टारमा पनि उक्त समाचार पढे ।

उनले समाचार लेख्दासम्म दुर्घटनामा २ जनाको मृत्यु भएको भनेर प्रहरीले जानकारी दिएको थियो । मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र अर्का एक जनाको स्नाखत नभएको भनेर प्रहरीले जानकारी दिएको थियो ।
समाचार पढेपछि उनी थप रिपोर्टिङका लागि दुर्घटनास्थल पुगे । तर, त्यहाँ पुग्दा उनी छाँगाबाट खसेझै भए । किनकी दुर्घटनाका अर्का मृतक उनकै बुवा थिए ।

उनका बुवा पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मन्धीर बिष्टको पनि दुर्घटनामा मृत्यु भएको भन्ने जानकारी उनले त्यहाँ पुगेर मात्रै पाएका थिए ।

उनका बुवा सुर्नया क्षेत्रमा काठको काम गर्थे । तर, राति घर फर्किरहेको भन्ने जानकारी उनले गराएका थिएनन् । सोही कारण कृष्णले दुर्घटनामा आफ्नै बुवा परेका होलान् भनेर सोचेका पनि थिएनन् ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय