डोटी/नेपाली कांग्रेस डोटीले चैत २० गतेदेखि जिल्लामा बस्ती भेटघाट तथा नेता कार्यकर्ता प्रशिक्षण अभियान संचालन गर्ने भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा एकै साथ अभियान सुरु हुने नेपाली कांग्रेसका सभापति नरेन्द्र बहादुर सिंहले जानकारी दिए । सोमबार सिलगढी स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दे सभापति सिंहले चैत २० गतेदेखि २८ गतेसम्म अभियान संचालन हुने बताए ।

‘अभियानमा जिल्लाका सबै नेता कार्यकर्ताहरुलाई परिचालित गरेका छौं’, सभापति सिंहले भने, ‘जिल्लाका प्रत्येक वडाहरुमा अभियान लैजाने छौं ।’ ‘अभियानमा कांग्रेसका बिषयमा जनता माँझ केहि धारण तथा जनताका धारण लिन्छौं’, सिंहले भने, ‘कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु र जनता बिचको सम्बन्धका बिषयमा समेत छलफल गरिने छ ।’

अर्को चिर्वाचन नहुन्जेल विभिन्न किसिमका अभियान संचालन हुने कांग्रेसले जनाएको छ । उनले पार्टीका भातृसंगठनको अवस्थाका बिषयमा समेत छलफल हुने बताए । अभियानलाई सफल पार्न पार्टीका भातृसंगठन, शुभचिन्तक सबैलाई सभापति सिंहले आग्रह गरेका छन् ।

पूर्बीचौकी गाउँपालिकामा सभापति नरेन्द्र बहादुर सिंहको नेतृत्वमा अभियान संचालन हुने बताइएको छ । त्यसैगरी दिपायल सिलगढी नगरपालिकामा महासमिति सदस्य लक्ष्मण बहादुर सिंह, सायल गाउँपालिकामा महासमिति सदस्य जीत बहादुर खड्का, आदर्श गाउँपालिकामा पूर्व सांसद यज्ञराज पाठक, शिखर नगरपालिकामा पार्टी सचिब नारायण बलायर, के.आई.सिंह गाउँपालिकामा पार्टी उपसभापति नारायण जोशी, बोगटान फुड्सिल गाउँपालिकामा महासमिति सदस्य सिताराम जोशी, बडीकेदार गाउँपालिकामा संबिधानसभा सदस्य तथा पूर्ब प्रदेश सांसद भरत बहादुर खड्का र जोरायल गाउँपालिकामा महासमिति सदस्य धौलीदेवी रावलको नेतृत्वमा अभियान संचालन हुने पार्टीले जनाएको छ ।

नजिकै आउन लागेको चैते दशैं लगत्तै फेरी जिल्लामा घरदैलो अभियान संचालन गरिने सभापति सिंहले बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय