डोटी/के.आई.सिंह गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार वडा नम्बर ५ को रानागाउँ स्वास्थ्य चौकीमा महिलाहरुका लागि एकिकृत निःशुल्क घुम्ति शिबिर संचालन गरिएको छ ।

प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ्ग तथा व्यवस्थापन सम्बन्धि शिबिरमा पाठेघर खसेका महिलाहरुको उपचार तथा स्क्रीनिङ्ग, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धि जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन राख्ने सेवा लगायतका सेवा उपलब्ध गरिएको स्वास्थ्य शाखा प्रमुख नविन माँझिले जानकारी दिनु भएको छ ।

शिबिरमा ५० जना महिलाहरुले सेवा लिएका छन् । जसमा २४ जनाको पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धि जाँच गरिएको थियो । त्यसमा ३ जनामा सम्भावित क्यान्सर हुने देखिएको र उनिहरुको थप उपचारका लागि बाहिर लैजानु पर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख माँझिले बताउनु भयो ।

शिबिरमा एम.बि.बि.एस. डाक्टरद्वारा सामान्य चेकजाँच समेत गरिएको र सो चेकजाँचमा ६५ जनाले सेवा लिएको रानागाउँ स्वास्थ्य चौकी इन्चार्ज रमेश जोशीले जानकारी दिनु भयो ।

त्यसैगरी आइतबार वडा नम्बर ६ र ७ का महिलाहरुका लागि भुमिराजमाण्डौंमा शिबिर संचालन गरिएको बताइएको छ । सो शिबिरमा ३३ जनाले सेवा लिएका थिए । जसमा ४ जनाको सम्भावित क्यान्सर हुने देखिएको माँझिले बताउनु भयो । शिबिर सबै वडाहरुमा संचालन हुने बताइएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय