जोरायल/डोटीको जोरायल गाउँपालिका–३ मा स्थानीयले श्रमदान गरेर सडक निर्माण गरेका छन् । स्थानीयले चनकट्टे–कनेडी जोड्ने कृषि सडक खण्डमा श्रमदान गरेर सडक निर्माण गरेका हुन् ।
उक्त सडकमा नदीका कारण वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकोले श्रमदान गरेर सडक निर्माण गरिएको जोरायल–३ का वडा अध्यक्ष नविन ओझाले जानकारी दिएका छन् ।

उनले श्रमदानमै २९ मिटर सडक आरसिसी ढलान गर्ने कार्य भइरहेको बताएका छन् । भट्टले पूर्ण श्रमदानमै आधारित उक्त कार्यमा वडाबासी तथा जोरायलबासी सबैले साथ दिएको बताएका छन् ।
गाउँलेहरूको सडक निर्माण गर्ने अग्रसरता देखेर ३ नम्बर वडाका अध्यक्ष ओझाले एक दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध सबैलाई उक्त कार्यमा सहभागि गराई श्रीमदानको काम गराएका छन् ।









