बन्दना बम,
सिलगढी/‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ डोटीमा बिविध जनचेतनामूलक कार्यक्रम गरी ३२ औं विश्व पानी दिवस मनाइएको छ । सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति सिलगढीको आयोजनामा दिवस मनाइएको हो ।

सिलगढी स्थित मालिका मन्दिर परिसर सरसफाइ गरी ¥याली निकालीएको थियो । ¥याली पश्चात समितिको कार्यालय परिसर सरसफाइ गरी कार्यक्रम समापन गरिएको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिनु भयो ।

संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानीदिवसको धोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेकाले नेपालले पनि सोही दिनमा पानी दिवस मनाउन लागेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले समिति लगायत सबै उपभोक्ताहरुको सहयोगले सम्पूर्ण उपभोक्तालाई सफा र स्वच्छ पानी दिन सफल भएको बताए ।

उनले सिलगढी आसपासका बस्तीमा समेत खानेपानी बिस्तार गर्ने क्रम जारी रहेको बताउँदै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडितोला, रातुली, पाँकरीका उपभोक्ताहरुका लागि संघीय खानेपानी आयोजना मार्फत नयाँ खानेपानी योजनाको समेत ढेक्का प्रक्रिया सुरु भइसकेको र साउन भित्रै सबैको घरघरमा धारा जडान भई पानी संचालन हुने जानकारी दिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय