धनबहादुर बोहरा,
सिलगढी/जिल्ला अस्पताल डोटीमा एक दिने अपाङ्गता सम्बन्धि स्वास्थ्य तथा पुनर्स्थापन घुम्ति शिविर सम्पन्न भएको छ ।


अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा र स्वास्थ्य निर्देशनालय राजपुरको आयोजनामा बुधबार सम्पन्न भएको स्वास्थ्य तथा पुनर्स्थापन घुम्ति शिविरमा ६४ जनाले सेवा लिएका छन् । ३० जना महिला ३४ जना पुरुष गरी ६४ जनाले सेवा लिएको जिल्ला अस्पताल डोटीका प्रशासन शाखा प्रमुख अमर सिं भाटले जानकारी दिएका छन् ।
शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्रीहरु समेत वितरण गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र नेपालगञ्ज शाखाका रघुबीर जोशीले जानकारी दिए । शिविरमा डोटीका सबै पालिकाको समन्वय रहेको थियो ।









