दिपायल/डोटीमा एकल महिलालाई अटोरिक्सा हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिं खड्काले अटोरिक्सा हस्तान्तरण गरेका हुन् ।

जिविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले एकल महिलालाई अटो हस्तान्तरण गरिएको आयोजक संस्था सम विकास केन्द्र (इडिसी) डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगरपालिकाको २ लाख तथा सम विकास केन्द्र र एक्सन एड नेपालले ४ लाख लगानी गरी अटोरिक्सा हस्तान्तरण गरिएको हो । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ घर भइ बिगत १४ बर्षदेखि माइतीघर राजपुरमा बस्दै आएकी धनसरा आउजीलाई अटो हस्तान्तरण गरिएको हो ।

अटो हस्तान्तरण पूर्व सम विकास केन्द्र (इडिसी) डोटीको आयोजनामा जिल्लाको मुख्य व्यापारीक केन्द्र दिपायलमा ‘समतामूलक समाजको निर्माण, हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ समान कामको समान ज्याला र श्रम अधिकार सम्बन्धी बजारमा दबाबमूलक ¥याली निकालिएको थियो ।

बिहीबार शिखर नगरपालिकामा पनि थप अर्को अटो शिखर नगरपालिकासंगको सहकार्यमा हस्तान्तरण गर्ने योजना रहेको सम विकास केन्द्र इडिसीका अध्यक्ष केशव परियारले बताए ।

१३ बर्षअघि श्रीमान गुमाउँदा धनसरादेवी नेपाली ज्यालामजदुरी गरेर चार सन्तानको पालन पोषण गर्दै आएकी थिइन् । न्यून ज्यालामजदुरी र कामको अभावमा जीवन गुजार्न नै संघर्ष भइरहेका बेला सवारी चालकको तालिम देखि अटोरिक्सा नै प्रदान गरेकोमा धनसरादेवीले खुसी व्यक्त गरिन ।

माइतमा आएर ४ सन्तान र जन्मदिने आमाको स्याहार गर्दै धनसरादेवीले ६ लाख मुल्य बराबरको अटोबाट प्राप्त आम्दानीले जीवनशैली नै फेरिने योजना सुनाइन् । सम विकास केन्द्रले भागादेवी सहित ७ जना महिलालाई अटो सवारी चालक अनुमतीका लागि एक महिने तालिम समेत संचालन गरेको जनाएको छ ।

नगर प्रमुख खड्काले अटोले भागादेवीलाई मात्र प्रेरणा नभइ अन्य महिलाहरुका लागि समेत सन्देश रहेको सुनाए । महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिन नगरपालिका र इडिसीले अटोमा लगानी गरेको बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय