डोटी/कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा दिपायल सिलगढी नगरपालिका पहिलो भएको छ । सुदूरपश्चिमका ८८ पालिकामध्य दिपायल सिलगढी नगरपालिका चौथो स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार दिपायल सिलगढी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४४.९७ अङ्क प्राप्त गरेको छ । डोटीमा दोस्रो स्थानमा रहेको बडीकेदार गाउँपालिकाले ३७.३१ अङ्क प्राप्त गरेको छ ।

दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सिं खड्काले पालिकाले कार्य सम्पादन मूल्याङ्कनमा सफलता हासिल गर्न अहम भूमीका खेल्ने नगरबासी, जनप्रतिनिधी र कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यबाद व्यक्त गरेका छन् । यस नतिजाले आफूलाई थप प्रेरित गरेको नगरप्रमुख खड्काले बताए ।

कार्य सम्पादन मूल्याङ्कनमा डोटीमा सबैभन्दा कम अङ्क सायल गाउँपालिकाले प्राप्त गरेको छ । सायलले १५.४१ अङ्क मात्रै पाएको हो । कार्यसम्पादन मूल्याङ्कनमा आदर्श गाउँपालिकाले ३१.२८ अङ्क, के.आई.सिंह गाउँपालिकाले ३०ं.७१ अङ्क, जोरायलले २६.०७, शिखरले २५.४९ अङ्क, पूर्वीचौकीले २३.३२ अङ्क र बोगटान फूडसिल गाउँपालिकाले १७.७० अङ्क पाएको छ ।
कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

जसमा पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरेर नगरेको, गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरेर नगरेको, स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेर नगरेको लगायतका सूचक राखिएका छन ।

सूदूरपश्चिममा डडेल्धुराको अमरगढी नगरपालिका ४८.९९ अङ्कका साथ पहिलो, बझांगको छविस पाथीभारा गाउँपालिकाले ४६.८१ अङ्कका साथ दोस्रो, जयपृथ्वी नगरपालिका ४५.३२ अङ्क ल्याएर तेस्रो भएको छ भने दिपायल सिलगढी नगरपालिका चौथो भएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय