धनबहादुर बोहरा,
दिपायल/डोटीमा फागुन १७ गतेदेखि २७ गतेसम्म सांस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । ‘हाम्रो कला र संस्कृति गौरभपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ डोटीको आयोजना गर्न लागिएको महोत्सवमा स्थानीय कला संगीतलाई प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ ।
बुधबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष गोपाल सुचिकारले महोत्सवबाट बचेको रकमले डोटीमा संगीत विद्यालय संचालन गर्ने बताएका छन् । दिपायल सिलगढी नगरपालिका मुख्य प्रवद्र्धक रहने र अन्य पालिकाबाट समेत सहयोग हुने भएकाले पालिकाहरु प्रवद्र्धकको रुपमा रहने छन् ।

त्यसैगरी पर्यटन बोर्ड र प्राज्ञा प्रतिष्ठान समेत प्रवद्र्धकको रुपमा रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सबमा राष्ट्रिय कलाकार भन्दा स्थानीय कलाकारलाई प्राथमिकता दिइने र स्थानीय रुपमा लुकेका प्रतिभाहरुको पहिचान गरी प्रचार प्रसार समेत गरिने आयोजकले बताएको छ ।
महोत्सवको समयभरी सेती नदिमा ¥याफ्टीङ्ग समेत संचालन हुने बताइएको छ । महोत्सव दिपायल स्थित दिल्पेश्वर खेलमैदानमा संचालन हुनेछ ।









