दिपायल/दिल्पेश्वर भलिवल लिगको उपाधि आयोजक दिल्पेश्वर स्पोर्टस् क्लबले हात पारेको छ । शनिवार दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा शिखर नगरपालिकालाई हराउँदै दिल्पेश्वर स्पोर्ट्स क्लबले उपाधि चुमेको हो । उपाधिसँगै क्लबले रू १ लाख ११ हजार रुपैयाँ नगद हात पारेको छ ।

उप विजेता शिखर नगरपालिकाको टिमले ५० हजार नगद र तृतीय स्थान प्राप्त गरेको नेपाली सेनाको श्री नं. ५ बाहिनी अड्डा राजपुरले २५ हजार हात पारेको छ । दर्शकहरूले खचाखच भरिएको दिल्पेश्वर मैदानमा सम्पन्न फाइनल खेलमा सुरूको सेट शिखरले २५ /१६ प्वाइन्टको फराकिलो अन्तरले जित सुरुवात गरेको थियो । तर त्यस पछिका तीन सेटमा लगातार आयोजकले २५/११, २५/२३,२५/१७ को अन्तरमा शिखरलाई पराजय गर्दै उपाधि जितेको थियो ।

माघ २९ गतेदेखि सुरु प्रतियोगितामा १५ टिम सहभागी रहेका थिए । दिपायल सिलगढी नगरपालिकाले दिल्पेश्वर मठको गुठी जमिन भाडामा लिएर गत आर्थिक वर्ष खेल मैदान निर्माण गरेपछि आफूहरू भलिबल प्रतियोगिता आयोजना गर्न सफल भएको क्लबका अध्यक्ष रोहित माझीले बताए । यस अघि सो क्लबले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरेको थियो ।

क्लबका अध्यक्ष माझीले भलिबल लिगलाई निरन्तरता दिने बताउँदै पुरस्कार राशि बढाउने प्रतिवद्धता समेत गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय