गणेश मौनी,
माघ १७/डोटीको बडीकेदार गाउँपालिकाले डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीहरुलाई बुधवार पालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

खेलकुदलाई प्रवद्र्धन गर्न खेलाडीहरूलाई थप हौसला मिल्न सहयोग पुगोस् भन्ने हेतुले पालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको बडीकेदार गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए ।

बिद्यार्थीहरुले आफ्नो चाहाना र रुचि अनुसारका खेलकुदका गतिबिधीहरुलाई निरन्तरता दिन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् बिद्यार्थिहरुले आफूले प्रदर्शन गर्ने खेलहरूमा सबैमा जित मात्र हुन्छ भन्ने छैन तर अनुशासित तरिकाले आफ्नो खेल प्रदर्शन गर्ने कार्य महत्त्वपूर्ण रहेको बताइन् ।

पालिका स्तरबाट सहभागी खेलाडीहरूले जिल्ला स्तरीय खेलकुद कार्यक्रममा अनुशासित तवरले खेल प्रदर्शन गरेकोले सबैलाई बधाई दिनका साथै आगामी दिनमा पनि थप प्रगति गर्न शुभकामना दिएकी थिइन् । खेलकुद लाई प्रवद्र्धन गर्न पालिकाले आवश्यकता अनुसारको सहयोग गर्ने समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबार देखि मङ्गलवार सम्म सञ्चालन भएको प्रतियोगितामामा बडीकेदार गाउँपालिकाले ५ स्वर्ण, १३ रजत र ३ कास्य सहित २१ पदक प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको थियो । विभिन्न खेलमा सहभागिता जनाउन बडीकेदार गाउँपालिका बाट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले नेतृत्वमा खेल प्रशिक्षक सहित ७१  जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पालिकाले आयोजना गरेको बिद्यार्थीहरुको सम्मान कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय