खगेन्द्र सिंह,
डोटीमा हाडजोर्नी सम्बन्धि निःशुल्क शल्यक्रिया शिविर संचालन हुने भएको छ । शिविर यहि फागुन ६ गतेदेखि १० गतेसम्म संचालन हुने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर निराजन श्रेष्ठले जानकारी दिए । शिविर जिल्ला अस्पतालमा संचालन हुनेछ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं, जिल्ला अस्पताल डोटी र दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा संचालन हुने शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका वरिष्ठ हाडजोर्नी विषेशज्ञहरुले सेवा दिने आयोजकले जानकारी दिएको छ ।

शिविरमा विभिन्न सेवाहरु उपलब्ध गराइने नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका निर्देशक डाक्टर कैलाश भण्डारीले जानकारी दिएका छन् । खुट्टाको पैताला फर्किएका, जन्मजात हात, खुट्टा बाङ्गीएका, हात वा खुट्टाका विकृतिजन्य समस्याहरु, हात वा खुट्टा भाँचिएका/हात वा खुट्टा भाँचिई बाङ्गीएर जोडिएका, भाँचिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हातमा आगोले पोलेको, हात खुट्टामा भएका गाँठा–गुठीहरु निकाल्नु परेमा शिविरबाट सेवा लिन सकिने निर्देशक डाक्टर भण्डारीले बताएका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गमका जिल्लाहरुमा शिविर मार्फत निःशुल्क सेवा दिइरहेका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका प्रमुख व्यवस्थापक श्याम रुपाखेतीले बताए । उनले शिविरमा १२ सयदेखि १५ सयसम्म बिरामीलाई ओपिडि सेवा दिइने र ५० देखि ७० बिरामीको शल्यक्रिया गर्ने लक्ष्य लिएको बताए ।

यदि शिविरमा आएर उपचार सम्भव नभएका बिरामीहरुको थप उपचारका लागि नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंसम्म पु¥याउने व्यवस्था कुनै निकायबाट भएको खण्डमा उनीहरुको थप उपचार समेत निःशुल्क रुपमा गरिने रुपाखेतीले जानकारी दिएका छन् ।

ओपिडि नामदर्ता फागुन ६ गतेदेखि ९ गतेसम्म र शल्यक्रिया ६ देखि १० गतेसम्म हुने बताइएको छ । डोटी, डडेल्धुरा, अछाम र बाजुरा जिल्लाका बिरामीहरुलाई लक्षित गरि शिविर संचालन गरिने भएको हो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय