डोटी,
डोटीमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बडीकेदार गाउँपालिका वडा नम्बर २ असुराका लक्ष्मण बहादुर मास्की मगरका छोरा बर्ष २२ का राजीब मास्की मगर मृत अवस्थामा फेला परेका हुन् ।
मृतक राजीब हिजो दिउँसोदेखि हराएका र खोज्दै जाँदा बडीकेदार गाउँपालिका वडा नम्बर ३ पातलको भिरबाट करिब ७ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सिताराम बिष्टले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










