पुस– २,
डोटीको सदरमुकाम सिलगढीमा २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर लगायत सरोकारवाला निकायहरुको सहभागितामा दिवस मनाइएको हो ।
‘स्थानीय स्राेत र प्रविधिकाे समेत प्रयाेग गराैं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ दिवस मनाइएकाे हाे ।र्याली पश्चात प्रशासनमा गरिएकाे कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यो क्षेत्र भूकम्पका लागि सम्बेदनशील रहेकाले सबैले पूर्व तयारी अपनाउनु पर्ने र हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोध क्षमताका बनाउनु पर्ने बताए ।

प्रजिअ अर्यालले भवन आचार संहिताको पालना गर्नुपर्ने भएकाले त्यसको लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए ।
नेपालमा विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएकाे भूकम्पले ठुलाे जनधनकाे क्षति गरेकाे थियाे, साेहि दिनकाे सम्झनामा हरेक वर्ष नेपालमा माघ २ गते विभिन्न कार्यक्रमकाे आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।









