दिपायल/प्यालेस्टाईनी बिद्रोही समूह हमासको आक्रमणमा परी मुत्यु भएका डोटीका दुई विद्यार्थीको शव गृह जिल्ला आइपुगेको छ ।

शव नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतवार दिउँसो करिब ३ बजे डोटी पुर्‍याइएको हो । शिखर नगरपालिका-६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको हमास आक्रमणमा मृत्यु भएको थियो ।

दिपायल बिमानस्थलमा दुवै शवहरु आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुगेका थिए ।

मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्‍याएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरूले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाहसंस्कार हुनेछ ।

सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते इजरायल पुगेका थिए । उनीहरूको असोज २० गते हमासको आक्रमणमा परी मृत्यु भएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय