डोटी, कार्तिक १९
डोटीमा जीप दुर्घटना भइ सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका- ६ स्थित अण्यौलमा दर्घटना भएको हो । जीप सडकबाट करिब ५०/६० मिटर तल नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।

जीप राति करिब साढे २ बजेतिर नदिमा खसेको हो । मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका- ५ बस्ने बर्ष २२ का राधिका मलाल, सोहि ठाउँका बर्ष ३२ का धनशोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र बर्ष ६ का कबिन्द्र बुढा रहेका छन् ।
बर्ष ६ का कबिन्द्र बुढा जीपबाट निकाल्न सकिएको छैन र जीप पानीमा डुबेको तलकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिपिन भण्डारीले जानकारी दिएका छन् ।
घाईतेहरुमा सोही ठाउँका बर्ष ३० का प्रकाश बुढा, बर्ष २३ का खोम बहादुर मलाल, बर्ष २४ का दान बहादुर बुढा, बर्ष २१ का बिमला मलाल र बर्ष २१ का राज बहादुर मलाल रहेका छन् प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरुको उपचार दिपायल स्थित शैलेश्वरी अस्पतालमा भईरहेको बताइएको छ । उद्धारका लागि प्रहरीहरु खटिरहेका छन् । जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।









