दिपायल/डोटी उद्योग बाणिज्य संघले पान नं. नलिई डोटी जिल्लामा घुम्ती व्यवसाय नगर्न घुम्ती व्यापारीहरुलाई आग्रह गरेको छ ।
नेपाल सरकार आन्तरिक राजश्व कार्यालयबाट पान नं. लिएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुको गुनासोलाई मध्यनजर गर्दै घुम्ती व्यवसायीलाई यो आग्रह गरिएको संघले जनाएको छ ।

उद्योग बाणिज्य संघले पान नं. लिएका व्यवसायीलाई समेत कारोबारमा तोकेको वस्तुहरु बाहेक अन्य व्यवसाय नगर्न र नेपाल सरकारले प्रतिबन्ध कारोबार र प्लाष्टिकका माला बिक्रि बितरण नगरिदिन आग्रह गरेको छ । यदि गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताइएको छ ।









