दिपायल/डोटी उद्योग बाणिज्य संघको बुधबार बसेको दोस्रो बैठकले सल्लाहकार तथा सदस्य नियुक्त गरेको छ ।
संघको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीलाई नियुक्त गरेको छ भने कानूनी सल्लाहकारमा अधिबक्ता लबदेब भट्टलाई नियुक्त गरेको छ ।

त्यसैगरी बैठकबाट एक जना सदस्य समेत मनोनित गरेको छ । दलित महिला सदस्यमा रञ्जना बागचनलाई मनोनित गरेको संघका अध्यक्ष बिक्रम साउँद (घटाल)ले जानकारी दिएका छन् ।









