दिपायल/डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा विक्रम साउँद (घटाल) चयन भएका छन् । संघको नयाँ कार्यसमितिका लागि विहीबार भएको छलफलकाबाट साउँद सर्बसम्मत अध्यक्ष चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, बाणिज्य उपाध्यक्षमा नरबहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बम बहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन् ।









