डोटी/नेपाली कांग्रेस डोटीको महासमिति सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
११ पदका लागि २१ जना चुनावी मैदानमा उत्रेका थिए । जसमा खुल्ला तर्फ सबैभन्दा बढी मतका साथ जीत बहादुर खड्का विजयी भएका छन् । उनले ५ सय ५ मत ल्याए ।

त्यस्तै ४ सय ६३ मतका साथ सीताराम जोशी, लोकेन्द्र बहादुर शाही ४ सय पुष्प कुमार शाहीले ३ सय १३, पदमराज जोशीले ३ सय ११ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै महिला खुल्ला तर्फ धौली देवी रावल र प्रसिस महरा विजयी भएकी छन् । रावलले ५ सय ३ मत ल्याएकी छन् भने महराले ३ सय ८८ ल्याएर विजयी भएकी हुन् । पार्वती चन्दले भने ३ सय ३३ मत मात्र ल्याएकी थिइन् ।
खस आर्य महिला तर्फ मिनादेवी विष्ट विजयी भएकी छन् । विष्टले ५ सय ४१ मत ल्याएकी छन् । उनीसंग प्रतिस्पर्धामा उत्रेकी हरिमाया भट्टले १ सय ५६ मत ल्याएकी थिइन् ।
खस आर्य पुरुष तर्फ ४ जना विच भएको प्रतिस्पर्धामा सोपान सिं बोहराले ४ सय १७ र लक्ष्मण बहादुर सिंहले ३ सय ८८ मत ल्याएर बिजय भएका छन् ।
दलित तर्फ भने लाल बहादुर विक ५ सय ६२ मत ल्याएर विजयी भएका छन् । विक संग कल्पना सोप भिडेकी थिईन । उनले १ सय ७२ मत ल्याएकी थिईन ।









