खगेन्द्र सिंह,
डोटीको शिखर नगरपालिका- ५ चुँडी घर भएका २३ बर्षिय राजन फुलारा बुवा घनस्याम फुलारा र आमा लक्ष्मी फुलाराका एक्ला छोरा हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुर क्याम्पसमा बिएस्सी एजी अध्ययनरत थिए ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययन गर्न इजरायल पुगेका राजन प्यालेस्टाइन विद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो सदाका लागि अस्ताएका छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न भदौ १७ गते घरबाट हिनेका उनी काठमाण्डौंबाट २६ गते इजरायल प्रस्थान गरेका थिए ।

अंकल केशब फुलारासंगको कुराकानीमा उनी नेपालमा आएर लोकसेवाको तयारी गरेर सरकारी काम गर्ने बताइरहन्थे । पछिल्लो समय असोज १८ गते उनको अंकलसंग कुरा भएको थियो । अहिले उनीबिनाको घर शुन्य जस्तै भएको छ । आमाबुवा उनको मृत्युको खबरले भाव बिहोल अवस्थामा छटपटाइरहेका छन् । घरमा उनका आमाबुवा र बृद्ध हजुरआमा छन् । उनको मृत्युपछि अहिले गाउँनै शोकमा डुबेको छ । एक्लो छोरा गुमाउँदा आमाबुवा बेहोस अवस्थामा छन् ।

विद्यार्थीहरुको सुरक्षाको ख्यालै नगरिकन सुदूरपश्चिम विश्वबिद्यालयले छात्रबृत्तिको नाममा बेइमान गरेको उनका अर्का अंकल टिकाराम फुलाराले बताए । आगामी दिनमा यस्ता घटना नदोहरिन सरकारले पहल गर्नु पर्ने उनले बताए । यो घटनामा नेपाली दुतावासको समेत ठुलो कमजोरी रहेको उनले बताए । थाहा हुँदाहुँदै पनि बिद्यार्थीहरुलाई असुरक्षित स्थानमा राखिएको र जसको परिणाम अहिले देखिएको उनले बताए ।

‘कुराकानीमा उनी यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो भन्ने गर्दथे’, अंकल केशब फुलाराले भने, ‘भिडियोकलमा गाँजा क्षेत्र समेत देखाउने गर्दथ्यो ।’ ‘ऊ त्यही हो अंकल गाँजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’, उनले अंकललाई भन्ने गर्दथे ।

घटना पश्चात आइतबार डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल मृतकका परिवार भेट्न दुवैजनाको घरमा पुगेका थिए । प्रजिअ अर्यालले परिवारसंग आफुले सक्दो सहयोग गर्ने बताएका छन् । मृतकको लास छिटोछरितो घरपरिवारसम्म पुर्‍याउन र सरकारबाट प्रदान हुने अन्य सहयोगका कुराहरुको लागि आफु तत्परताका साथ समन्वयकारी भूमिकामा लाग्ने अर्यालले बताएका छन् ।

भाउजुसंग ‘म मरे’ भनेर सदाका लागि अस्ताए पदम
आदर्श गाउँपालिका वडा नं ५, लामिखाल घर भएका पदम थापा सुदूरपश्चिम विश्वबिद्यालयमा बिएस्सी एजी अध्ययन गर्थे । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययन गर्न इजरायल जाने भन्दै भदौ २० गते घरबाट निस्केका थापा २६ गते काठमाण्डौंबाट जहाजबाट इजरायल उडेका थिए ।

ठुलो सपना बोकेर इजरायल उडेका थापालाई उनका जेठो दाइ दानबहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बिदाइ गरेका थिए । ठुलो सपना लिएर इजरायल उडेका उनी सदाका लागि अस्ताएका छन् । इजरायलमा प्यालेस्टाइन विद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो उनी सदाका लागि अस्ताएका थिए । डोटीका उनी र राजन फुलारा सहित अन्य जिल्लाका गरी १० जनाको सो घटनामा ज्यान गएको छ ।

उनका दाइ इन्जीनियर हुन्, उनी हाल आदर्श गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख छन् । भाई घर फर्कियो भने आफु अध्ययन बिदा लिने र भाई र आफु काठमाण्डौं गई थप अध्ययन गर्ने प्लान रहेको उनका दाइले हामीसंगको कुराकानीमा बताए ।, ‘नेपाल फर्केर भाईको लोकसेवा तयारी गरेर सरकारी सेवामा काम गर्ने प्लान रहेको थियो ।’ दाइले बताए ।

२२ बर्षिय पदम घरका कान्छा छोरा भएकाले पनि सबैका प्यारा थिए । उनी इजरायल गएपछि घरपरिवारसंग सधैजसो सम्पर्कमा रहिरहन्थे । खाना खाँदा सधै उनी आफ्नो भतिजीसंग भिडियोकल गरेर मात्रै खाने गर्दथे र प्रत्येक दिन बिहान भाउजु मेखु अधिकारीसंग पनि उनको भिडियोकल भइरहन्थ्यो । तर शनिबार भने कल नआउँदा भाउजुले आफै कल गर्दा समेत रिसिभ नभएको र दिउँसो करिब १ बजेतिर भाउजुलाई ‘म मरे’ भनेर उनले म्यासेज गरेका थिए ।

म्यासेजबाट थाहा पाउने बित्तिकै सम्पर्क गर्दा सम्पर्क नभएको र तत्कालै उनका साथी प्रमोदलाई सम्पर्क गर्दा आफुहरु बङ्करमा रहेका कुरा बताएको दानबहादुरले बताए । पदमको साथीले पदमको क्षेत्रमा हमला भएकाले उनीहरु बङ्करमा लुकेका हुनसक्ने, त्यसैलेपनि सम्पर्क नभएको हुनसक्ने कुरा बताएको जानकारी दिए । तर दोस्रो दिन फेरी प्रमोदसंग कुरा गर्दा जीवनको अन्तिम समयमा पदमले फोन गर्दै छटपटाउँदै प्रमोद…पानी….पानी बनेको कुरा आफुलाई भनेको दानबहादुरले बताए ।

उनको मृत्युपश्चात अहिले घरपरिवार शोकमा डुबेको छ । सबैको प्यारो मान्छे गुमाउदा परिवारमा सन्नाटा छाएको छ । आमाबुवालाई उनको मृत्यु भएको खबर अझै सुनाइएको छैन । प्रेसर लगायतका बिरामी रहेका बुवालाई थप समस्या होला भन्दै कुरा नगरिएको दानबहादुरले जानकारी दिए ।

ज्यान गुमाएका परिवारलाई जनही दश लाख राहत उपलब्ध गराउने सरकारको निर्णय

सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दश लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दश जना नेपालीहरूको परिवारलाई सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निणर्य भएको हो ।

त्यस्तै नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निणर्य गरेको छ । नेपालका सम्पूणर् सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निणर्य भएको प्रवक्ता शर्माले बताइन् । उनले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि समन्वय भइरहेको बताइन् ।

हमासको आक्रमणमा परी दश जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एक जना नेपाली भने अझै सम्पर्कविहीन छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय