खगेन्द्र सिंह,
डोटी/करदाता सेवा कार्यालय डोटीले नियमित रुपमा बजार अनुगमन गर्नुका साथै व्यापारीहरुलाई कर शिक्षा समेत दिइरहेको छ ।

राजश्व छलि रोक्न तथा करको दायरा भन्दा बाहिर रहेका व्याबसायीहरुलाई करको दायरामा ल्याउन नियमित रुपमा बजार अनुगमन गर्न थालिएको करदाता सेवा कार्यालय, डोटीका कर अधिकृत अमर थापाले जानकारी दिए । साथै साना व्यापारीहरुलाई करको बिषयमा ज्ञान नहुने भएकाले कर शिक्षा समेत दिन थालिएको थापाले बताए ।

बुधबार आदर्श गाउँपालिका विभिन्न स्थान र सायल गाउँपालिकाको मेल्लेक बजारको अनुगमन गरिएको थियो । बजार अनुगमनको क्रममा विभिन्न पसलहरुबाट स्टिकर नभएको २५० पोका भन्दा बढी इन्डियन आन्टी, १५० पोका भन्दा बढी सुपर पावर केही थान इन्डियन बिडि बरामद गरेको बताइएको छ ।

आन्तरिक राजस्व विभागको परिपत्र अनुसार करदाता सेवा कार्यालय डोटीले दैनिक रुपमा बजार अनुगमन गरिरहेको हो । आगामी दिनमा समेत जिल्लाका सबै स्थानीय तहमा निरन्तर बजार अनुगमन हुने करदाता सेवा कार्यालयका कर अधिकृत थापाले जानकारी दिए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय