बन्दना बम,
दिपायल/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य डा. ठाकुर मोहन श्रेष्ठले अप्रत्यासीत मुल्यहिन गठबन्धनले देशमा अस्थिर राजनीतिक र अन्यौलता बढेको छ बताएका छन् ।

सोमबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । ‘नेपालमा धार्मिक दंगा उकासेर रणनैतिक लाभ लिन बिदेशी शक्तिहरु सक्रिए रहेका छन्’, श्रेष्ठले भने, ‘राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्र अहिलेको आवश्यता रहेको छ ।’ राप्रपा अब नविन राप्रपाको लक्ष्य अनुरुप शहर र गाउँको समग्र विकास, सुशासन र सदाचारमा केन्द्रीत रहने उनले बताए ।

‘व्यवस्था परिवर्तन भएपनि अवस्थामा उल्लेखनीय सुधार तथा विकास हुन सकेन’, श्रेष्ठले भने, ‘भ्रष्टाचार र व्यथितिबाट राज्यका कुनै अंग अछुतो रहेनन्, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकीहरुसंगको कुटनीतिकका जगहरु खलबलिएका छन् ।’ उनले ‘गाउँ फर्क, देश बन्छ’ भन्ने नारालाई सबैले लागु गरेर अगाडि बढ्नुपर्ने बताए ।

जन्मथलो सिलगढी भएका श्रेष्ठ संघियता नेपालको माटो सुहाउदो नरहेको बताए । हरेक दृष्टिकोणले उपयुक्त केन्द्रविन्दु डोटी रहेपनि सुदूरपश्चिम प्रदेशको राजधानी अल्पसोच र माटोको मर्म नबुझेर सुदूरपश्चिमका शिर्षस्थ नेताहरुले अन्यत्र सारेको उनले बताए ।

सबै दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सम्पन्न भएपनि यहाँका नेताहरुले त्यो कुरा बुझ्न नसकेको उनले बताए । पश्चिम सेती जलविद्युत परियोजना जस्ता राष्ट्रिय गौरभका योजनाहरु यथासिघ्र सुरु गर्नु पर्ने र खुटिया, दिपायल फास्टट्र्याक समेत छिटो संचालनमा ल्याउनुपर्ने बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय