डोटी, राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा नेपाल सरकारले डोटीका ३ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८० बाट सम्मानित गरेको छ ।


सम्मानित हुनेमा विश्वविधालयका प्राध्यापकहरूमध्यबाट डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशी, सामुदायिक विद्यालयका तर्फबाट शिखर १ कपल्लेकीको केदारेश्वर माविका प्रधानाध्यापक गगन सिंह कार्की र निजी विद्यालयका तर्फबाट सुजंग बोर्डिङ इङ्लिस स्कुलका प्रधानाध्यापक मान बहादुर कठायत रहेका छन् ।

शिक्षा क्षेत्रमा ठुलो योगदान दिएको भन्दै उहाँहरुलाई पुरस्कृत गरिएको हो ।









