सिलेट खबर,
डडेल्धुराकाे हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका वडा नं. ८ का चालक पदमबहादुर बलायर र केशव महराको मृत्यु भएको छ भने सोही ठाउँका वीरेन्द्र कुँवर घाइते भएको डडेल्धुरा अस्पताल डडेल्धुरा पुगेका शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले जानकारी दिए ।
बुधबार धनगढीबाट डोटी तर्फ आइरहेको अटो बेलुकी करिब ५ बजेतिर हगुल्टे नजिकै दुर्घटना भएको हाे । घाइते एक जनालाई डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

उनले भने ‘इन्स्पेक्टर नेतृत्वको टोली घटना स्थलमा पुगेको छ, दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ, अटो अहिलेसम्म भेटिएको छैन कुहिरो लागेका कारण खोजी कार्यमा समस्या भइरहेको छ ।’ थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बाताएकाे छ ।









