डोटी/सुदुरपश्चिमको मौलिक पर्व गौराको अवसरमा खुल्ला देउडा प्रतियोगिता भइरहेको छ । केआईसिह गाउँपालिका- ६ फलेडीमा आज सो प्रतियोगिता भइरहेको हो । गौरा प्रवर्धन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जोशीले दिएको जानकारी अनुसार ख्याती प्राप्त देउडा गायक/गायिकाहरुका बिच घम्साघम्सी देउडा भइरहेको छ ।


गौरा पर्वका लागि प्रशिध्द मानिने केआईसिह गाउँपालिका- ६ फलेडीको गौरा भाद्र १० गते आईतवार सेलाउने कार्यक्रम रहेको छ । जोशीले दिएको जानकारी अनुसार आज राति समेत देउडा खेल हुने बताइएको छ ।
गौरा व्यवस्थापन समितिका गणेश जोशीका अनुसार गौरा अबधिभरमा मदिरा निषेधित गरिएको छ । फलेडीको गौरा हेर्न टाढाटाढाबाट दर्शकहरु पुग्ने गरेको गौरा संरक्षण तथा सल्लाहकार समितिका सदस्य परमानन्द जोशीले बताए ।

गौराको अन्तिम दिन अर्थात आईतबार तल्लो फण्डि र मल्लो फण्डीको गौरा जुधाईको दृष्य रमाईलो हुने धुव्रराज जोशीले बताए । विधिवत रुपमा गौराको व्रत गरी पुजाआराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ ।









