सिलगढी स्थित भैरव प्रसाद गणका गणपति जनमत कार्कीलाई जिल्ला स्थित नागरिक संघसंस्थाहरुले संयुक्त रूपमा अभिनन्दन गरेका छन् । सरुवा भई डोटीबाट सुर्खेत जानलागेका कार्कीलाई शनिवार एक औपचारिक कार्यक्रमका बिच दिपायलमा अभिनन्दन गरिएको हो । उनी सोमबार सरुवा भई जान लागेका छन् । यतीमात्र नभइ उनलाई दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को सिलगाउँका स्थानीय पनि गाउँमै बोलाएर अनिनन्दन गरेर बिदाइ गरेका छन् ।
डेढ वर्ष डोटीमा कार्यरत रहँदा गणपति कार्कीले शैलेश्वरी-खप्तड हाईअल्टीच्यूटका म्याराथन प्रतियोगीताका दुई वटा सिरिजको अवधारणा निकालेर कार्यान्वयन गर्न अहम् भूमिका खेलेका थिए । यस बाहेक नागरिक समाजसँगको सहकार्यमा विभिन्न विद्याका दर्जनौँ खेलकुद प्रतियोगिता, सांस्कृतिक गतिविधि, शिक्षा स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तथा पूर्वाधार विकास निर्माणमा महत्त्वपूणर् योगदान पुँर्‍आइ जिल्ला सदरमुकाममा चहलपहल बढाउन उल्लेख्य भूमिका खेलेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । दलित जातीको बाहुल्यता रहेको सो टोलका थुप्रै युवाहरुलाई खेलकुद एवम् सांस्कृतीक गतिविधीमा सकृय पार्न गणपति कार्कीले भूमीका खेलेकोले गाउँलेहरुले मिलि सम्मान गरेको पत्रकार सुवास नेपालीले बताए । सुवास सोही टोलका बासिन्दा हुन् ।
सोही योगदानको कदर गर्दै डोटी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, डोटी च्याम्बर अफ कमर्स, गैर सरकारी संस्था महासंघ नेपाल, शैलेश्वरी डोटी सार्वजनिक यातायात प्राली, होटेल व्यवसायी संघ लगायतका नागरिक संस्थाहरुले संयुक्त रूपमा अभिनन्दन गरेका हुन् । संघसंस्थाहरुले मायाको चिनो, कदर पत्र , खादा, माला एवम् दोसल्ला ओढाएर गणपति कार्कीलाई अभिनन्दन गरेका थिए ।
यसरी नागरिक संघसंस्थाहरुबाट संयुक्त रूपमा अभिनन्दन हुने कार्की पहिलो व्यक्ति हुन् । डोटेलीको मन मुटुमा बस्ने गरी कार्कीले विभिन्न क्षेत्रमा सर्वसाधरणसंगको सहकार्यमा गतिविधीहरु सञ्चालन गरेकाले पहिलो पटक अभिनन्दन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले बताए । अभिनन्दन कार्यक्रम डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने सो कार्यक्रमको प्रमुख अतिथी बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडसिलाले रहेका थियो । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघका सचिव पवन महराले गरेका थिए ।
सो कार्यक्रममा गणपति कार्कीले आफूलाई गरिएको बिदाइ एवम् सम्मानले भावुक बनाएको बताएका थिए । उनले कर्मचारीको सरुवा हुनु नियमित प्रक्रिया भए पनि आफू डोटीको हित र विकासका लागि जहाँसुकैबाट सहयोग गर्न तयार रहेको बताए ।
प्रमुख अतिथी एवम् बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडसिलाले गणपति कार्कीसँगको सङ्गतबाट आफूहरूले पनि थुप्रै कुरा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । अध्यक्ष गड्सिलाले थोरै रकमबाट पनि ठुला ठुला पूर्वाधार निर्माण एवम् आयोजनाहरू कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने अनुभव कार्कीबाट सिकेको बताए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय