सिलगढी/डोटीको ऐतिहासिक बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले एक घर दुई गमलाको अवधारण अनुसार फुल रोप्नको लागि गमला वितरण गरेको छ ।
इतिहास बोकेको सिलगढी बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गएिको वडा अध्यक्ष नरेश मलासीले बताए । मंगलबार र बुधबार सिलगढीका सबै घरहरुमा गमला वितरण गरिएको अध्यक्षले बताए ।

सिलगढीका प्रत्येक घरमा जम्मा ७ सय गमला वितरण गरिएको छ । सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २/२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो ।
अध्यक्ष मलासी सबै घरदैलोमा पुग्दै गमला दिंदै, गमलामा फुल रोप्न आग्रह गर्दै थिए । बसाई सराईका कारण पछिल्लो समय अधिकांश नेवार बस्ती रहेको सिलगढी बजारको सौन्दर्यता र महत्व घट्दै गईरहेकाले यो अभियानले सार्थकता पाउने अध्यक्ष मलासीले बताए ।
नगरकोनै सौन्दर्यता र हरियाली बढाउन यस्ता किसिमका कार्यक्रम सबै वडामा संचालन हुनुपर्ने स्थानीय रोजेन्द्र जोशी बताउँछन् ।









