डोटी/जिल्ला अस्पताल डोटीले न्युनतम सेवा मापदण्डमा यसपालिका ८४ प्रतिशत अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड अनुगमन टालिले गरेको मल्याङ्कनका आधारले जिल्ला अस्पताल डोटीले यस बर्ष ८४ प्रतिशत अंक प्राप्त गरेको हो ।
व्यवस्थापन, प्रशासनिक काम, भौतिक संरचनाको अवस्था, सेवा सुबिधा लगायत विभिन्न सूचकका आधारमा मुल्याङ्कन गरेर ८४ प्रतिशत अंक पाएको हो । पाएको अंकको आधारमा बिगतको भन्दा धेरै सुधार भएको देखिन्छ ।

एक बर्ष अगाडि ७० प्रतिशत पाएको अस्पतालले एक बर्षमै १४ अंक बढी ल्याउन सफल भएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय राजपुरले निक साइमन संस्थाको सहयोगमा मुल्याङ्कनको काम गर्दै आएरहेको छ । यस बर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी जिल्ला अस्पताल बैतडीले ९५ प्रतिशत अंक ल्याएको छ । त्यसैगरी अछाम र बझाङ जिल्ला अस्पतालले ९३/९३ प्रतिशत र दार्चुला अस्पतालले ७६ प्रतिसत अंक ल्याएको अनुगमन टोलिका प्रमुख डाक्टर सोनाली बाँस्कोटाले बताइन ।
अस्पतालमा के कस्ता किसिमका न्युनतम सेवाहरु उपलब्ध भइरहेका छन् र ति सेवाहरुको व्यवस्थापन तथा रिपोर्टिङ्ग कसरी भइरहेको छ भन्ने बिषयमा मुल्याङ्कन हुने गरेको जिल्ला अस्पताल डोटीका निमित्त मेसु डाक्टर निराजन श्रेष्ठले बताए ।
जुनसुकै ठाउँमा पनि टिमवर्कमा काम गर्दा राम्रो हुने भएकाले अझै बलियो भएर टिममा काम गर्न आग्रह गर्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले स्वास्थ्य जस्तो सम्वेदनशील र महत्वपूणर् क्षेत्रमा सेवा दिंदा सबैले बिचार पुर्याएर काम गर्नुपर्ने बताए । सेवाग्राहीको चाँपको आधारले पनि अस्पतालले पाउने अंकको निर्धारण हुने भएकाले सेवाग्राहीको सहजताका लागि सबैले काम गर्नुपर्ने उनले बताए ।
सबैको सहयोगले अस्पतालले राम्रो अंक ल्याएको र सेवाग्राहिले पाउने सेवाका बिषयमा आफु सदैव खटिरहने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए । अस्पतालको स्तर उन्नतीका लागी लादालाग्दै पनि राजनीतिक पुर्वाग्रहीका कारण पहल गरिएका कुराहरु पनि पुरा हुन नसकेको गुनासो अध्यक्ष नेपालीले गरे । सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उनले यसभन्दा अझै राम्रो गर्न लागिरहने बताए ।









