सिलेट खबर,
मंगलबार अपरान्ह दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत धनगढीबाट बझाङ लगिएको छ । बिहानदेखि धनगढीको कभर्डहलमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो, अहिले भने बझाङ लगिएको छ । पार्थिव शरिरलाई शनिबारसम्म जिल्ला अस्पताल बझाङ, सिमखेतमा राखिनेछ ।

मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिन लागिएको नेपाली कांग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिए । मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमै अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेपश्चात दाहसंस्कार गरिने नेता थापाले बताए । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ ।

भाउजू जयादेवी सिंह शव आफन्तले जिल्ला अस्पताल सिमखेतबाट महेन्द्रनगर लगिसकेको नेपाली कांग्रेस पुर्व पार्टी सभापति हर्कजंग बहादुर सिंहले बताए । सिंहको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । सदरमुकाम चैनपुरका व्यापारीले बुधबार पुणर् रूपमा पसल बन्द गरि शोक मनाएका छन् ।

डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको सडक दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जीप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

दुर्घटनापछि उपचारका लागि मन्त्री सिहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याईएको थियो ।

मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय