बझाङ/सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह मंगलबार बझाङ प्रवेश गर्दै थिए। मन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक बझाङमा प्रवेश हुँदै थिए।

सोमबार प्रदेश राजधानी धनगढीबाट सोमबार ४ जना परिवार सदस्यसहित १६ जनाको टोली डडेलधुरा पुगेको थियो। डडेलधुरामा मन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर त्यही बास बसेका थिए।

मंगलबार बिहानै डडेल्धुरास्थित प्रसिद्ध उग्रतारा मन्दिरको दर्शन गर्न बिहान ६ बजे सबै जना त्यहाँ पुगेका थिए। उग्रताराको दर्शनपश्चात करिब ७ बजे सकेर खाना खाइसकेपछि मन्त्री सिंहको गाडी अघि अघि बाँकी गाडी पछाडि हुँदै बझाङका लागि हिँडेको जयपृथ्वी नगरपालिका-५ का राजेन्द्र थापाले बताए।

मंगलबार दिउँसो १२ बजे बझाङ प्रवेश भएको मन्त्री सिंहको जीप साढे १ बजे बाग्थला बजार पुगेको थियो। केदारस्युँ गाउँपालिका-४ बाग्थलाबाट १५ मिनेट अगाडि बढेको जीप कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त हुन पुग्यो।

जीपमा रहेका कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयदेवी सिंह, चालक धर्मराज जोशी र मन्त्री सिंहका सुरक्षागार्ड दीपक भण्डारी सबै गम्भीर घाइते बनेका थिए।

गम्भीर घाइते उनीहरूलाई हतार हतार केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र ऋतु पोलिक्लिनिक लगिएको थियो। उपचारकै क्रममा डाक्टरले मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयदेवी सिंह मृत्यु भएको पुष्टि गरे।

ऋतुमै छँदा मन्त्री सिंहको नाबीको चाल र मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सक सर्जन सुवेदीले बताए। सुर्खेतबाट आएको हेलिकोप्टरले मन्त्री सिंहसहित चालक जोशी र अंगरक्षक भण्डारीलाई ४:५८ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याएको थियो।

त्यहाँ प्राध्यापक डाक्टर ढुण्डी राज पौडल नेतृत्वको टोलीले मन्त्री सिंहलाई बचाउन हर प्रयास गर्दा पनि नाबीको चाल र मुटुको धड्कनले काम गरेको नपाइएपछि बेलुका ५ः३३ बजे मृत घोषण गरेको थियो।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ।

मन्त्री भइसकेपछि पहिलो पटक खुशी साट्न बझाङ

जेठ ६ गते लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका पृथ्वीबहादुर सिंह मंगलबार धेरै कार्यक्रम तालिका बनाएर खुशी साट्न बझाङ आउँदै थिए।

उनले बझाङमा रहँदा असार ६ गते ढँडार मष्टा मन्दिर दर्शन तथा भेटघाट गरेर एलइओसी कार्यक्रम उद्घाटनसहित बझाङका कार्यालय प्रमुखलाई निर्देशन दिएर ७ गते धनगढी फिर्ता हुने कार्य तालिका थियो। तर अपसोच उनले सदरमुकाम चैनपुर पुग्न नपाइ ४० किलोमिटर टाढाबाट अस्ताउनु पर्‍यो।

सिंह प्रदेश सरकारमा बझाङबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। ५५ वर्षको उमेर भएको  उनको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ।

४ मंसिरमा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए।        – अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय